केन्याको भ्रमणका क्रममा बिल गेट्सले अफ्रिकामा ७ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
विश्वका सर्वाधिक पाँचौँ धनी व्यक्ति बिल गेट्सको गेट्स फाउन्डेसनले अफ्रिकामा कृषि, स्वास्थ्य सेवा, लैङ्गिक समानतालगायत सामाजिक क्षेत्रको सुधारमा ७ अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको छ।
फाउन्डेसनले सो रकम आगामी चार वर्षमा अफ्रिकाको समग्र सामाजिक क्षेत्रको सुधारमा खर्चिने छ। गेट्सले केन्या भ्रमणका बेला सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
भ्रमणका क्रममा गेट्सले अफ्रिकाका युवामा प्रगति र विश्वका समसामयिक समस्या समाधान गर्ने ज्ञान र अवसर दुवै रहेको बताएका थिए। गेट्सले भने, “उच्च मानवीय क्षमताको ढोका उघार्न लागी परेका सबै अनुसन्धानकर्ता, उद्यमी, सृजनशील व्यक्तित्व र स्वास्थ्य सेवाका कामदारहरूका लागि हुने लगानीलाई निरन्तरता दिनेछौँ।”
केन्या भ्रमणका क्रममा गेट्सले प्राथमिक स्वास्थ्य केन्द्रहरू, मेडिकल र कृषि अनुसन्धान संस्था र साना कृषि फार्महरूको भ्रमण गरेका थिए। पछिल्लो समय पूर्वी अफ्रिकी मुलुकहरूमा दशकौँयताको चरम खडेरी परिरहेका बेला गेट्स फाउन्डेसनले सहयोगको प्रतिबद्धता जनाएको हो।
गेट्स फाउन्डेसनका सीईओ मार्क सुजम्यान भन्छन्, “विद्यमान विनाशकारी सङ्कट समाधानका लागि हामीले दीर्घकालसम्म काम गर्नेगरी स्थानीय संस्था र नयाँ सहकार्यमा लगानी बढाउने छौँ।”
अफ्रिका महादेशभर स्वास्थ्य सेवा प्रणालीमा सुधारका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले यसअघि पनि काम गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
