धनुषामा रेलले किचेर भारतीय नागरिकको मृत्यु

मंगलबार बिहान जनकपुरबाट जयनगर जाँदै गरेको रेलले किच्दा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सांकेतिक तस्वीर

काठमाडौँ– धनुषामा रेलले किचेर मंगलबार एक जनाको मृत्यु भएको छ। 

जनकपुरबाट जयनगर जाँदै गरेको रेलले किच्दा भारतीय नागरिक ५० वर्षीय विन्देश्वर साहको मृत्यु भएको धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए। 

रेलमार्गअन्तर्गत बैदेही स्टेसन नजिकै रेलको लिक पार गर्ने क्रममा साहलाई रेलले किचेको उनले बताए।

प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको डीएसपी अवाले बताए।