म्ह: पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट छ।
काठमाडौँ– नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
नेवार समुदायले देशका विभिन्न स्थानमा र्याली निकालेर नयाँ वर्षको स्वागत गरेका छन्। काठमाडौँको वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरमा नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्याली निकालिएको छ।

कात्तिक शुक्लपक्षदेखि नेपाल संवत्को नयाँ वर्ष शुरू हुन्छ। यस दिनलाई नेवार समुदायले संस्कृति र परम्परासँग भिजेको मौलिक संवत्को खुसियाशी मनाउने दिनका रूपमा लिन्छन्। नेपाल संवत् चन्द्रमासमा आधारित छ। लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् शुरू हुन्छ। सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् शुरू भएको दिन नेवार समुदायमा ‘म्ह:पूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा रहेको पाइन्छ।

म्ह: पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट छ। यसलाई विशेषतः काठमाडौँ, भक्तपुर र ललितपुरमा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरूआत गरेका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,” उनले भने।

नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
