थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन्। उनीहरू सुरुङको मुखबाट २०० मिटरभित्र छन्।
भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो गएपछि फसेका मजदुरलाई निकाल्ने प्रयास भइरहेको अधिकारीले जनाएका छन्।
उत्तरकाशीमा आइतबार निर्माणाधीन सुरुङमा पहिरो गएपछि ४० जना मजदुर पुरिएका थिए। मजदुरहरू निकाल्न ड्रिलिङ मेसिनको सहायता लिइएको समाचार संस्था एएफपीले जनाएको छ।
उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाका अनुसार थुनिएका मजदुर सुरक्षित अवस्थामा रहेका छन्। “अवस्था अहिले राम्रो छ। सबै मजदुर सुरक्षित छन्। हामीले खाना र पानी उपलब्ध गराइरहेका छौँ,” उनले भने, “हामीले सक्दो गरिरहेका छौँ।
माथिबाट पहिरो खस्दा करिब ६० मिटर जति सुरुङ थुनिएको थियो। जसमध्ये २० मिटर सफा गरिसकेको र बाँकी आजै सकिने उत्तरकाशीका एसपी अर्पण यदुवंशीले जनाएका छन्। पाइपमार्फत मजदुरहरूलाई खाना र पानी पठाइएको उनले बताए।
थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन्। उनीहरू सुरुङको मुखबाट २०० मिटरभित्र छन्।
उत्तरकाशी र यमुनोत्रीका हिन्दू मन्दिरलाई जोड्न सिल्क्यारा र डन्डालगाउँ शहरबीचको ४.५ किलोमिटर सुरुङ निर्माण भइरहेको थियो। यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो।
उक्त परियोजनाको उद्देश्य केही प्रख्यात हिन्दू तीर्थस्थल र चीनसँग सीमा जोडिएका क्षेत्रबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
