दूरसञ्चार प्राधिकरणले टिकटकमा पहुँच दिने इन्टरनेट सेवा प्रदायक तथा मोबाइल सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको पहुँचमा तत्काल रोक नलगाउने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय गरेको थियो।
मन्त्रिपरिषद्बाट भएको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सोमबार नै इन्टरनेट सेवा प्रदायकलाई टिकटक नचल्ने बनाउन निर्देशन दिएको थियो। तर प्राधिकरणले अझै पनि केही सेवा प्रदायकले टिकटक नचल्ने बनाउन आनाकानी गरेको भन्दै मंगलबार अत्यन्त जरुरी सूचना जारी गरेर टिकटकलाई दिइएको पहुँचमा तत्काल रोक नलगाए कारबाही गर्ने चेतावनी दिएको हो।
सोमबारको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सोमबारबाटै टिकटकमाथि प्रतिबन्ध लगाउने गरी प्राविधिक तयारी थालिएको बताएकी थिइन्। सरकारको उक्त निर्णयबारे पक्ष विपक्षमा टीकाटिप्पणी भइरहेका बेला प्राधिकरणको अनुगमन शाखाले जरुरी सूचना जारी गरेर निर्देशन कार्यान्वयनमा ढिलाइ गर्ने सेवा प्रदायकलाई कारबाहीको चेतावनी दिएको हो।
सूचनामा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन दिइसकिएकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको जनाउँदै प्राधिकरणबाट दिइएको निर्देशन तत्काल पालना गरी जानकारी गराउन भनिएको छ।
“प्राधिकरणको निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने बेहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ,” सूचना भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
