साहित्यकार शान्तदास मानन्धरको निधन

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। 

तस्वीर : बीबीसी नेपाली

काठमाडौँ– वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। 

स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले बताए।

स्वर्गीय मानन्धर पहिलो पारिजात बाल‍साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए।

साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गर्नुभएको थियो। ६ दशकभन्दा लामो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बालखुराक पस्कँदै आएका थिए।

साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि बुधबार गरिनेछ।