पोखरा महानगरपालिकाले फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप नगद प्रदान गर्ने भएको छ।
गण्डकी– पोखरा महानगरपालिकाले फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप नगद प्रदान गर्ने भएको छ।
स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप प्रतिमाला २० रुपैयाँ प्रदान गर्ने भएको हो।
प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्रय क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएका कारण किसानलाई प्रोत्साहनस्वरूप पोखरा महानगरपालिकाका तर्फबाट प्रतिमाला २० रुपैयाँका दरले प्रदान गर्ने निर्णय गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।
“किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरूप प्रतिमाला २० रुपैयाँका दरले एक लाख ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
