कस्तो रहनेछ बुधबारको मौसम?

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्रमा आंशिक बदली हुने छ। उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्नेछ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। 

भूकम्प प्रभावित क्षेत्रमा चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्रमा आंशिक बदली हुने छ। उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्नेछ। 

राति पनि उक्त क्षेत्रमा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकीका उच्चपहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।