बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ।
गलकोट– बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ। तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन्। बागलुङ बजारका चोक–चोकमा देउसी खेल्नेको ताँती छ।
पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेको छ। रेडर्क गरिएका आधुनिक गीतले देउसी भैलोको मौलिकता र संस्कृति मासिँदै गएको सन्दर्भमा यहाँको एक पुरानो सामुदायिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले भने नेपालको हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ।
बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले नेपालका जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाउन थालेको छ। विपन्न विद्यार्थीका लागि ‘विद्यार्थी कल्याण कोष’ स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको देउसी भैलोमा सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएका नाचगान प्रस्तुत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए।
देउसी भैलोमा तामाङ सेलो, थारु नाच, नेवारी नाच र साकेला नाचदेखि यानिमाया र सालैजो उनीहरूकै वेशभूषामा सजिएर नृत्य देखाउँदै आएको उनको भनाइ छ। “कला संस्कृतिको संरक्षण र विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री र खाजा खर्च जुटाउन कार्यक्रम आयोजना गरेका हौँ,” उनले भने, “पहाडको तामाङ संस्कृति, तराईको थारु र पहाडको आदिवासी जनजाति र नेवारी संस्कृतिलाई देउसी भैलोमा देखाउन थालिएको छ।”
विद्यामन्दिरमा अध्ययनरत गरिब, मजदुर तथा श्रमिकका बालबालिकालाई शिक्षा दिन, असहाय बालबालिकाको कल्याणको लागि स्थायी कोष सञ्चालन गर्न र विद्यालयलाई शैक्षिक हब बनाउन देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक छविरमण शर्माले बताए।
१९९७ सालमा स्थापना गरिएको धवलागिरिकै जेठो विद्यालयमा हाल एक हजार ३०० विद्यार्थी अध्ययनरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
