लगाइयो शुभ साइतको भाइटीका

दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ। 

वर्षमा एक दिन मात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा टीका लगाउँदै। तस्वीर: रासस

काठमाडौँ– तिहारको मुख्य दिन बुधबार भाइटीका लगाइएको छ। 

बिहान १०: ५१ बजेको शुभ साइतमा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएका हुन्। 

दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ। 

साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको समय उत्तम भए पनि भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नरहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।