नेपाल बाल संगठनन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन्। बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन्।
म्याग्दी– यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाले सामूहिक भाइटीका लगाएका छन्।
नेपाल बाल संगठनन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन्। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बस्दै आएका कर्ण पुनको सहयोगमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको हो।
बालबालिकालाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको पुनले बताए। म्याग्दी बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन्। बालगृहमा अभिभावकविहीन बालबालिकालाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ।
बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजा सामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने पुनलाई धन्यवाद दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
