हमासको कमान्ड सेन्टर रहेको भन्दै हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण आश्रित गाजाकै सबैभन्दा ठूलो अस्पतालमा इजरायली सेना प्रवेश गरेको छ।
प्यालेस्टिनी लडाकु समूह हमासको कमान्ड सेन्टरलाई लक्षित गर्दै इजरायली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको गाजाकै ठूलो अस्पताल अल-शिफा अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ।
इजरायली र प्यालेस्टिनी अधिकारीहरूले गाजा शहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन्। इजरायल डिफेन्स फोर्स (आइडीएफ)ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट क्षेत्रमा हमासविरुद्ध सटिक र लक्षित’ कारबाही गरिरहेको बताएको छ।
अस्पतालभित्र रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारी युसेफ अबुल रेसले अस्पताल परिसरभित्र ट्यांक तथा आकस्मिक र स्वागत भवनहरूमा दर्जनौँ सैनिक र कमान्डोहरूलाई देखिएको एएपफीलाई बताएका छन्।
अल–शिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इजरायलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यकता’ का आधारमा छापा मारिएको बताएको छ। स्थानीय अधिकारीहरूका अनुसार हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण उक्त अस्पताल परिसरमा आश्रित छन्।
प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन्। एनेस्थिटकबिना नै चिकित्सा प्रक्रियाहरू भइरहेको भन्दै उनीहरूले खानेकुरा तथा पानीको अभाव भएका परिवारहरू कोरिडोरमा बस्ने गरेका उल्लेख गरेका छन्। अस्पतालमा सडेका शवका दुर्गन्ध फैलिरहेको उनीहरूको भनाइ छ। अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले भने, “अस्पताल परिसरमा शवहरू छरपस्ट छन् र शवगृहमा अब बिजुली छैन।”
कमान्ड पोस्ट र हतियार भण्डारण गर्न हमासले अस्पताललाई ढालका रूपमा प्रयोग गरेको इजरायलको दाबी छ। तर इजरायलको उक्त दाबीलाई हमासले अस्वीकार गरेको छ। सेनाले हमासका गतिविधिले अस्पतालको ‘अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित स्थिति’लाई ‘जोखिम’मा पारेको बताएको छ।
हमासले अल–शिफा अस्पतालमा इजरायली आक्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन ‘पूर्णरूपमा जिम्मेबार’ भएको आरोप लगाएको छ। गाजामा कुनै अधिकार नभएको तर ऐतिहासिक रूपमा प्यालेस्टिनीको प्रतिनिधि निकाय प्यालेस्टिनी प्राधिकरणले ‘अस्पतालभित्र गरिएको नरसंहारविरुद्ध’ चेतावनी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
