जम्मु–कश्मीरमा बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु, १९ जना घाइते

भारत नियन्त्रित जम्मु–कश्मीरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

भारत नियन्त्रित जम्मु–कश्मीरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। जम्मु–कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा बुधबार एउटा यात्रुवाहक बस ३०० फिट गहिरो खोँचमा खसेर दुर्घटना भएको हो।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको स्थानीय अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरूलाई स्थानीय किश्तवाड जिल्ला अस्पताल र डोडाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ।

गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत आकस्मिक उपचार गर्न अन्यत्र लगिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनलाइन संस्करणले जनाएको छ। बसमा ५५ जना यात्री सवार थिए। यात्रुवाहक बस किश्तवाड भन्ने ठाउँबाट जम्मु गइरहेको थियो।

प्रहरी र एसडीआरएफको टिमले स्थानीय बासिन्दाको सहयोगमा उद्धार र आपत्कालीन बचाउको काम गरेका गरेको थियो। दुर्घटनामा परेर पूर्णरूपमा क्षतिग्रस्त बनेको बसभित्र चेपिएका यात्रुको बसलाई टुक्रा पारेर उद्धार गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका यात्रुका परिवारलाई २ लाख र घाइतेलाई  ५० हजार भारु राहत दिने घोषणा गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। भारतीय गृहमन्त्री अमित शाहले पनि जम्मु बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।