कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।    

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि छ।

यसैगरी, राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ।