कमल बजारबाट दैलेखतर्फ जाँदै गरेको ट्याम्पो बुधबार राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।
अछाम– अछाममा ट्याम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।
कमल बजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको ट्याम्पो बुधबार राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका ट्याम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र २ नम्बर वडाका जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको डीएसपी सन्तोष पाठकले जानकारी दिए।
दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, ८ नम्बर वडाका वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्।
उनीहरूको कमलबजार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
