केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आकलन गरेको छ।
केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ। अल निनो वर्षाका कारण आएको बाढीमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन्।
आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले देशका अधिकांश भूभाग बाढीले प्रभावित भएको बताए। उनका अनुसार उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु बढी प्रभावित क्षेत्र हुन्।
केन्या सरकारले गारिसा, कितुई ताना नदी काउन्टीमा नयाँ अलर्ट जारी गरेको छ। ताना आठ नदी विकास प्राधिकरण (टार्डा)ले लगातारको अविरल वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ।
केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आकलन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
