बाइडेन र सीबीच भेटवार्ता, सैन्य सम्बन्ध पुनः स्थापना गर्ने सहमति

सन् २०२३ फेब्रुअरीमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’लाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सीचिनफिङबीच भेटवार्ता भएको छ।

बिहीबार क्यालिफोर्नियामा एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर सम्मेलनमा भएको भेटमा दुई देशबीच सैन्य सञ्चार पुनः स्थापना गर्ने सहमति भएको हो। 

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घण्टाको वार्ता भएको थियो। 

चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेवार औषधि ‘फेन्टेनाइल’को उत्पादनमाथि रोक लगाउने बारेमा पनि दुई नेताबीच सहमति भएको छ।

सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन। सन् २०२३ फेब्रुअरीमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’लाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।

“हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ,” बाइडेनले भने, “द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढ रूपमा प्रस्तुत हुँदै गएको छ।”