मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्री बस्नेतले आवश्यकताअनुसार उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर स्वास्थ्यमन्त्री बस्नेतले घाइते भएका २५ जनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
निरीक्षणपछि सञ्चारकर्मीसँग स्वास्थ्यमन्त्री बस्नेतले सरकारले घाइतेको उपचारमा अभाव हुन नदिने प्रतिबद्धता जनाए। घाइतेको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने उनको भनाइ छ।
“उपचार गर्ने अस्पताल प्राइभेट होस या सरकारी जहाँसुकै, बिरामीलाई पहिला उपचार गर्नुपर्छ। कति पैसा बेहोर्नुपर्ने हो सम्बन्धित अस्पतालले पनि केही बेहोर्नुपर्छ, १० प्रतिशत बिरामी बेडसहितको उपचारको प्रावधान छ। त्यसले नभ्याएको खण्डमा नेपाल सरकारले हेर्छ,” उनले भने, “यसमा पनि बिरामीको उपचार हुनुपर्यो बाँकी आर्थिक रूपमा समस्या छ भने त्यसको प्रतिवेदन दिनु हामी बेहोछौँ।”
वर्न सेन्टरको प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले अस्पतालमा २५ जना बिरामी भर्ना भएको जानकारी दिँदै ९ जनाको अवस्था अझै गम्भीर रहेको बताए। गम्भीर अवस्थामा रहेका बिरामीको आईसीयूमा उपचार भइरहेको उनको भनाइ छ।
“उहाँहरूलाई आईसीयूमा राखेर उपचार गरिरहेका छौँ। अरू ८ जना प्लास्टिक सर्जरी वार्डमा, १० जना जनरल वार्डमा उपचाररत हुनुहुन्छ। भोलिदेखि उहाँहरूको शल्यक्रिया शुरू गर्दै छौँ। भोलि ४ जनाको शल्यक्रिया गर्दै छौँ। त्यसपछि बिस्तारै अरूको पनि गर्ने हो,” उनले भने।
उनले घाइतेको उपचारमा सरकारले आवश्यक सहयोग गरिरहेको पनि बताए। उनले स्वास्थ्यमन्त्री बस्नेतले पनि घाइतेको उपचारमा सरकारले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरेको उल्लेख गरे।
कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा. शंकरमान राईले उर्लाबारी घटनाका समेत गरी अहिले अस्पतालमा ४४ जना जलनका बिरामीको उपचार भइरहेको जानकारी गराउँदै घाइतेहरूको उपचारमा कमी नआओस भनेर अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए।
मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपूजाको रात भएको आगलागीमा घाइते भएकाहरूमध्ये २५ जनाको उपचार कीर्तिपुर बर्न अस्पतालमा भइरहेको हो। उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए। पसलमा आगलागी भएसँगै ग्यासको सिलिन्डर विस्फोट हुँदा आगोको लप्कामा परेर उनीहरू घाइते भएको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
