अमेरिकाको आइओवा विश्वविद्यालयका अध्ययनकर्ताले ४० वर्षसम्म सातामा दुई घण्टा दौडिने मानिसको आयु ३ वर्ष २ महिनासम्म बढ्ने निष्कर्ष निकालेका छन्।
हिँडडुल गर्नु, दौडिनु स्वास्थ्यका लागि लाभदायक हो भन्ने कुरा हामीले सुन्दै आएका छौँ। तर, दौडिने बानीले हाम्रो आयु बढाउनसमेत मद्दत गर्ने अध्ययनले देखाएको छ।
अमेरिकाको आइओवा विश्वविद्यालयका अध्ययनकर्ताको अध्ययनले ४० वर्षसम्म सातामा दुई घण्टा दौडिने मानिसको आयु ३ वर्ष २ महिनासम्म बढ्ने देखाएको हो। यस्तै, हामी दौडिने प्रत्येक घण्टाले ७ घण्टासम्म आयु बढाउन मद्दत गर्नेछ।
साथै, दौडिने बानीले अकाल मृत्युलाई समेत २५ देखि ४० प्रतिशत कम गर्ने अध्ययनको निष्कर्ष छ। दौडिने बानीले मुटुसम्बन्धि समस्या र रोगबाट ३० प्रतिशतसम्म बचाउने र सबै प्रकारका क्यान्सर लाग्नबाट २३ प्रतिशतसम्म बचाउने बताइएको छ।
यसका लागि दैनिक ३ किलोमिटर दौडिए पुग्ने चिकित्सकको सल्लाह छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
