कस्तो रहनेछ शुक्रबारको मौसम?

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी  प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।