यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्।
चितवन– चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन्।
तस्करले निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोस्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए।
उनका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मारिएको अवस्थामा भेटिएका हुन्। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन्। “गैँडाको खाग काटिएको देखिएको छ,” उनले भने।
छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मक रूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ। बिहीबार साँझ मात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए।
यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्। गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
