पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहोरदोहोर गर्दै आएका छन्।
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुंगे पुलका सामान चोरी हुन थालेका छन्।
पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायत सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन्। पुलका सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायले चासो देखाएका छैनन्।
उक्त पुल तीन करोड लागतमा बनेको हो। गत भदौमा नदीमा आएको बाढीले दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको थियो। नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिएको छ। आधा सामान नदीमै खसेको अवस्थामा छ। खसेको पुलका सामान नदीमै अलपत्र अवस्थामा रहँदा चोरी हुने क्रम बढेको स्थानीय बासिन्दा मंगलप्रसाद चौधरीले बताए।
“दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका छन्, लट्टा फलामे आरीले काटेर लगेका छन्,” उनले भने, “सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन।” यसबारे नगरप्रमुखलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको स्थानीय रति रानाले बताए।
नदीमा खसेको पुलका सामान जोगाउनका लागि खोलेर सुरक्षित ठाउँमा राख्नुको विकल्प नरहेको वडाध्यक्ष नवलसिंह रानाले बताए। “वडा कार्यालयकै पहलमा पुलको दक्षिणी क्षेत्रतर्फको भाग मजदुर लगाएर खोलेर सुरक्षित राखेका छौँ,” उनले भने, “पुल खोल्ने कार्यमा संलग्न मजदुरलाई अहिलेसम्म ज्याला भुक्तानी हुन सकेको छैन, ज्यालाका लागि नगरपालिकामा लेखी पठाए पनि रकम आउन सकेको छैन।”
पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहोरदोहोर गर्दै आएका छन्। अस्थायी काठेपुल तरेबापत स्थानीयले स्थानीय विपद् समितिलाई शुल्कसमेत बुझाउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
