भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४० जना कामदारको बचाउ कार्य जारी छ। शुक्रबार अपराह्नसम्म उद्धारका लागि आवश्यक पर्ने ६० मिटरमध्ये ३६ मिटर पाइप बिछ्याउन बाँकी रहेको सरकारी अधिकारीको भनाइ।
भारतको उत्तरी राज्य उत्तराखण्डमा आइतबार बिहानदेखि सुरुङमा थुनिएका ४० जना कामदारको बचाउ कार्य जारी छ। भारतको उत्तरकाशी यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माणाधीन सिल्कियारा सुरुङको एक भाग भत्किएपछि आइतबारदेखि उनीहरू त्यहाँ फसेका हुन्।
पहिरोका कारण सुरुङमा ठूलो क्षति पुगेको छ। सुरुङको द्वार थुनिँदा उनीहरूलाई अक्सिजन आपूर्तिमा समस्या भइरहेको छ। भारतीय अधिकारीहरूका अनुसार उनीहरू सुरुङभित्र करिब २०० मिटर पर फसेका थिए, तर उनीहरूलाई चोटपटक लागेको थिएन।
शुक्रबार अपराह्नसम्म उद्धारकर्मीहरूले सुरुङबाट बाहिर निस्कन सहयोग पुग्ने गरी पाइप बिछ्याउन कार्यमा केही सफलता हात पारेका छन्। दिल्लीबाट पठाइएको हेभी अमेरिकन अगर मेसिनमार्फत उत्खनन भइरहेको हो। ड्रिलिंगपछि एस्केप टनेलमा ठूला व्यासको स्टिल पाइप बिछ्याएर निकास बनाउने तयार भइरहेको छ।
शुक्रबारसम्म उद्धारका लागि आवश्यक पर्ने ६० मिटरमध्ये २४ मिटरसम्म पाइप बिछ्याउन सकिएको सरकारी अधिकारीको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ। “यही दरमा काम जारी रहे कामदारहरूको उद्धार गर्न ४० देखि ४८ घण्टा लाग्ने छ,” उद्धार कार्यको नेतृत्व गरेका कर्णेल दीपक पाटिलले भने।
सुरुङमा फसेका अधिकांश कामदार उत्तरी र पूर्वी भारतका राज्यबाट आएका हुन्। तीमध्ये झारखण्डका १५ जना, उत्तर प्रदेशका ८ जना, उडिसाका ५ जना, बिहारका ४ जना, बंगालका ३ जना, आसामका र उत्तराखण्डका २/२ जना र हिमाञ्चलका १ जना रहेको बीबीसीले जनाएको छ।
उत्तराखण्ड सरकारले उनीहरूको उद्धारका लागि तीनवटा टोली पठाएको छ। सरकारी अधिकारीहरूले वाकी–टकी प्रयोग गरेर सुरुङमा फसेकाहरूसँग सम्पर्क स्थापित गरिएको जनाएका छन्।
बिरामी कामदारलाई पाइपबाटै औषधि
मंगलबार राति सुरुङभित्र रहेका एक कामदारको स्वास्थ्य अवस्था बिग्रन थालेको थियो। उनलाई रिँगटा लागिरहेको र वान्ता भइरहेको सूचना पाएपछि बाँकी कामदार डराएका थिए। त्यसपछि चिकित्सकको सल्लाहमा पाइपमार्फत उनीहरूलाई औषधि पठाइएको थियो। उनीहरूलाई औषधि र कसरी लिने भनेर पर्चा पनि पठाइयो।
कतिपय कामदारले ज्वरो आउने, शरीर दुख्ने र असहज हुने गुनासो गरिरहेका छन्। कामदारको अवस्था बिग्रिएको सुनेपछि उनीहरूका सहकर्मी तथा आफन्तले चिन्ता व्यक्त गरेका छन्।
त्यस्तै, पाइपलाइनबाट उनीहरूलाई आवश्यक पर्ने खाद्यान्न, पानी पठाइँदै छ। यही पाइपलाइनका माध्यमबाट उनीहरूले अक्सिजन पनि प्राप्त गरिरहेको बताइएको छ। उत्तरकाशी जिल्लाका प्रमुख मेडिकल अफिसले आरसीएस पवारले रोयटर्ससँग भने, “खाद्यान्नले उनीहरूले पर्याप्त क्यालोरी प्रदान गरिरहेको छ। यो उनीहरूलाई अझै ९ दिनसम्म पुग्छ।”
उनीहरूको उद्धार जारी रहँदा सुरुङ नजिकै ६ शय्याको अस्पताल निर्माण गरिएको र नजिकैका अस्पतालहरू पनि तयारी अवस्थामा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनीहरूलाई सुरुङबाट बाहिर निकाल्न पहिरोले पुरेको भागलाई छेडेर पाइप बिछ्याउँदै छन्। सरकारी अधिकारीले यसका लागि ६० मिटरसम्म सुरुङ पार्नुपर्ने र यो कार्य मंगलबार या बुधबार रातिसम्म सकिएर उद्धार सम्पन्न हुने अपेक्षा गरेका थिए।
प्राकृतिक अवरोधका कारण सुरुङ खन्ने काममा ढिलाइ हुन पुग्यो। उत्तराखण्डका प्रहरी प्रमुख अशोक कुमारले बीबीसीलाई भने, “प्राकृतिक अवरोधका कारण ड्रिलिङको गति धिमा भएको छ। उद्धारकर्तालाई आफ्नो काम सक्न र सुरुङमा फेसकालाई बाहिर निकाल्ने प्रयासलाई जटिल बनाएको छ।”
सिल्कियारा पुगेका प्रदेश प्रहरी महानिर्देशक अशोक कुमारले सुरुङमा फसेका सबै कामदार सकुशल रहेको र उनीहरूसँग निरन्तर सम्पर्क भइरहेको बताए। सुरुङमा फसेका झारखण्ड निवासी १२ वर्षीय महादेवले मामासँग कुरा गरेका थिए।
महादेवले आफू र उनका सबै साथी सकुशल रहेको बताए। सुरुङमा फसेका महादेवको मामासँग कुरा गरेको अडियो पनि सार्वजनिक भएको छ। चारधाम अल वेदर रोड आयोजनाअन्तर्गत निर्माणाधीन सुरुङको केही भाग सिल्कियारातर्फ भत्किएको थियो।
उत्तरकाशीको सिल्कियारा सुरुङको एक भाग भत्किँदा फसेका कामदारको उद्धार गर्न वायुसेनाको विमानबाट दिल्लीबाट चिन्यालिसौरमा हेभी अगर मेसिन पठाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
