धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

साँगुरीगढी– ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बूको मृत्यु भएको छ।

धनकुटा– धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको गएराति मृत्यु भएको छ।

साँगुरीगढी गाउँपालिका खरखोलेस्थित सीतादेवी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षिका पवित्रा याखा लिम्बूको मृत्यु भएको हो। उनी साँगुरीगढी– ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी थिइन्।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गर्दा लिम्बू अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले बताए। त्यसपछि उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पोखरेलले बताए।