कालापत्थरमा पाँच हजार ३१७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी छन्।
काठमाडौँ– भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छन्। कालापत्थरमा पाँच हजार ३१७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी हुन्।
यसअघि कालापत्थरमा महिला स्काई डाइभरको पाँच हजार ३४२ मिटरको रेकर्ड कायम थियो। महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेकी हुन्। न्युजिल्यान्ड र अमेरिकाका दुई स्काई डाइभरको रेकर्ड थियो।
४१ वर्षीय महाजन भारतको पुनेकी स्काई डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छन्। उनले भारतको प्रसिद्ध पद्यमश्री पुरस्कार प्राप्त गरिसकेकी छन्। ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गरेको अध्यक्ष सुमन पाण्डेले जानकारी दिए।
महाजनको रेकर्ड गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ। रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ। यो याममा १० जनाले स्काई डाइभ गरेको कम्पनीले जनाएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले विश्व रेकर्ड राखेकामा महाजनलाई बधाई दिँदै यस्ता साहसिक क्रियाकलापले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
स्काई डाईभर महाजनले लामो समयदेखिको आफ्नो सपना पूरा भएकोमा खुशी व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रिय रूपमा लाग्ने बताइन्। एभरेस्ट स्काई डाइभका अध्यक्ष पाण्डेका अनुसार एभरेस्ट स्काई डाइभ असाध्यै आकर्षक र साहसिक खेलको रूपमा चर्चित छ। चर्चित अन्तर्राष्ट्रिय मिडिया सीएनएनले जीवनभरमा गर्नुपर्ने साहसिकमध्ये स्काई डाइभलाई पाँच नम्बरमा राखेको छ।
“धेरै विदेशी नागरिक सगरमाथा आरोहण र पदयात्रा गर्न आउँछन्। तर, सगरमाथा आरोहण गर्न नसक्नेलाई सगरमाथाको उचाइबाट स्काई डाइभ गर्ने फरक दृष्टिकोणबाट सगरमाथाको अवलोकन गर्छन्। यो पनि मूल्यवान् कुरा हो। उनीहरूले ‘स्टोरी’ लिएर जान्छन्। यसले नेपाल गन्तव्यको प्रवर्द्धन हुन्छ,” अध्यक्ष पाण्डेले भने।
स्काई डाइभ एक साहसिक खेल पर्यटन हो। विश्वभर सात लाख स्काई डाइभर रहेको बताइन्छ। दुबईमा समुद्रबीचको टापुमा स्काई डाइभ गरिन्छ। मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ। इजिप्टमा पिरामिडको अगाडि स्काई डाइभ हुन्छ। स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ। जुन जीवनकालकै बहुमूल्य हुन्छ। नेपालको स्काई डाईभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरबाट स्काई डाइभको आकर्षण हुन्छ।
मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काई डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताए। स्काई डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उनले उल्लेख गरे।
नेपालमा सन् २००८ मा एभरेस्ट स्काई डाइभ शुरू भएको हो। यसले धेरै विश्व रेकर्ड कायम भएको छ। कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काई डाइभ हुँदै आएको छ। सन् २००९ मा हाईएस्ट ‘स्काई डाइभ’ कालापत्थरमा भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
