कांग्रेस सांसद डा. चन्द्र भण्डारी संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानूनहरू बनाउने कामले पूर्णता पाउन नसकेको बताउँछन्।
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन्।
शुक्रबारबाट रुपन्देहीमा शुरू भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उनले भने “सदनमा झगडा हुने हो। एकले अर्कालाई गाली गर्ने मात्रै हो। गुनासो मात्रै हो। मुलुक कसरी बनाउने भन्ने कुरा एकदम गाह्रो छ।” उनले संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानूनहरू बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे।
सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनीसमेत दिए। वरिपरि जनतालाई गरिबी बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भए पनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताए।
सांसद भण्डारीले स्थानीय तह राम्रो भए पनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि दोहोर्याए। उनले व्यापारी, उद्योगपतिहरू र किसानहरू मुलुकमा सबैभन्दा बढी मारमा परेकाले उनीहरूलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
