राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्ष बिते पनि अझै पुनर्निर्माण हुन सकेको छैन। घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्य बताउँछन्।
तनहुँ– राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्ष बिते पनि अझै पुनर्निर्माण हुन सकेको छैन।
भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिएका आचार्यको योगदानलाई कदर गर्दै पुनर्निर्माण गरिएको घर आगोले जलेर ध्वस्त भएपछि बनाउन नसकिएको हो।
उनको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर पुनर्निर्माण गरेको घर विसं २०६० वैशाख १० गते जंगलमा आगलागी हुँदा जलेर पूर्ण नष्ट बनेको थियो।
भानुभक्त जन्मेको घर जहाँ बसेर उनले काव्य रचना गरेका थिए। अहिले त्यो घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्यले बताए। घर हेर्ने चाहना राखेर भानु जन्मस्थल पुग्ने जो कोही मानिस खिन्न भएर फर्किने गरेको उनले बताए।
भानुको घरको पुनर्निर्माण नहुनु भनेको चुँदीरम्घा, कला, साहित्य र भानुभक्तप्रति अपमान भएको हो कि भन्ने आशंका उब्जिएको छ।भानुको जलेको घर देखेर केही वर्षअघि भानु जन्मस्थल चुँदीरम्घामा गरिएको अन्तर्राष्ट्रिय कवि सम्मेलनमा भाग लिएका स्वदेश तथा विदेशी अधिकांश कविको आँखा रसाएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले स्मरण गरे।
विसं २०५५मा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले आचार्यको घर पुनर्निर्माण गरेको थियो। तत्कालीन समयमा एक लाख २६ हजार ९९५ रुपैयाँमा बनाइएको घरलाई खण्डहर बनेको लामो समय बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन।
नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीय बताउँछन्।
एउटा घर बनाउन संघ तथा प्रदेशको मुख ताक्नुपर्दैन भानुकै नामबाट बनेको भानु नगरपालिकाले बनाउन नसक्नु लज्जास्पद कुरा भएको भानु नगरपालिका–५ पुरनडिही निवासी भरत पोख्रेलले बताए।
योगदानलाई संरक्षण गरी यस क्षेत्रलाई साहित्यिक पर्यटकीयस्थलका रूपमा विकास गर्न राजनीतिभन्दा माथि उठ्न स्थानीय बासिन्दाले आग्रह गरेका छन्।
भानुभक्तमाथि राजनीति नगरी उनले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानलाई ओझेलमा पार्नु नहुने स्थानीयको भनाइ रहेको छ। साहित्यिक पर्यटन विकास र साहित्यको माध्यमबाट आर्थिक विकास, सिर्जनशीलता अभिवृद्धि र जीवनयापनमा उल्लेख्य परिवर्तन ल्याउन सक्ने हुँदा जतिसक्दो चाँडो निर्माण कार्य अघि बढाउन आवश्यक देखिएको छ।
भानु जन्मस्थलको बृहत्तर विकासका लागि समिति नै गठन गरिसकिएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए। उनका अनुसार समितिको मुख्य काम भानुको जन्मघरको संरक्षण, उनका रचनाको प्रचार अनि भानु क्षेत्रको विकास गर्ने भए पनि पर्याप्त बजेट नहुँदा समितिले प्रभावकारी काम गर्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
