धनगढीस्थित खाद्य संस्थानको भवनमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

धनगढीको मुख्य बजारमा भवनमा आगलागी हुँदा सारथि अस्पतालसहित ८ वटा पसलमामा क्षति पुगेको धनगढीका नगर प्रहरी निरीक्षक भूपेन्द्र खड्काले जानकारी दिए। 

तस्वीर सौजन्य: रमेश ऐडी

काठमाडौँ– कैलालीको धनगढीस्थित नेपाल खाद्य संस्थानको भवनमा आगलागी भएको छ। 

धनगढीको मुख्य बजारमा भवनमा आगलागी हुँदा सारथि अस्पतालसहित ८ वटा पसलमामा क्षति पुगेको धनगढीका नगर प्रहरी निरीक्षक भूपेन्द्र खड्काले जानकारी दिए। 

उनका अनुसार शुक्रबार राति ११:३० बजेतिर शुरू भएको आगो बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको थियो। धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। 

आगलागीबाट उक्त भवनमा रहेका कम्तीमा ८ वटा गोदाममा रहेका लत्ता कपडा, खाद्यान्नलगायत सामग्री जलेको उनले बताए।

“आगलागीको कारण यकिन भइसकेको छैन,” उनले भने, “क्षतिको विवरण संकलन भइरहेको छ।”