राजधानी सोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा आगलागी भएको छ।
दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन्।
योनहाप समाचार एजेन्सीका अनुसार राजधानी सोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा आगलागी भएको हो। आगलागीका कारण मानवीय क्षति भने भएको छैन।
अस्पतालबाट ९० जनालाई उद्धार गरिएको छ। घाइतेमध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको योनहापले जनाएको छ। एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो।
घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानले अस्पतालको पहिलो तलामा रहेको भवनको बाहिरी पर्खालबाट आगो फैलिएको देखाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
