सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

काठमाडौंको सुकेधारामा ट्रकले ठक्कर दिँदा माेटरसाइकलमा सवार पर्सा ठोरी–७ का कुमार राई र राईकी श्रीमती मेनुकाको मृत्यु भएकाे हाे।

काठमाडौँ– काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु भएको छ।

दुर्घटनामा पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो ट्रकले ठक्कर दिएपछि उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा दुवैजनाकाे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।