राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहाल दुवै संविधानअनुसार नचलेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानलाई सिध्याउने काममा लागेको आरोप लगाएका छन्।
पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भेलामा उनले राष्ट्रपति पौडेलमाथि शुरूदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै उनी अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको टिप्पणी गरेका हुन्।
उनले राष्ट्रपति पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको पनि आरोप लगाए। राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको प्रतिनिधिका रूपमा पुगेको ओलीको जिकिर थियो। संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाइ छ।
“उहाँ(राष्ट्रपति)को निष्पक्षताको त कुरै नगरौँ। उहाँको सम्बन्धमा थुप्रै कुराहरू आइसकेका छन्। एक वर्ष पुग्नुभन्दा अगाडि नै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरू देखाइसक्नुभएको छ। अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन,” उनले भने, “संविधानअनुसार सरकार, देश, राष्ट्रपति, प्रधानमन्त्री, राज्यका निकायहरू चल्नुपर्ने। तर, संविधान सिध्याउने कुरामा उहाँहरू लाग्नुभएको छ।”
ओलीले भूकम्पपीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानु परेको भनी राष्ट्रपति पौडेललाई प्रश्नसमेत गरे। “माओवादी गए भनेर कांग्रेस भएर किन जानु पर्यो राष्ट्रपतिज्यू? उहाँ राष्ट्रपति भएर त्यहाँ जानु भएन। त्यहाँ कांग्रेस छुट्यो भनेर जानुभयो,” उनले भने।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरूले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र नेताहरूका रूपमा काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
‘विदेशीको क्रिडास्थल बनाउन एमाले र सेनामाथि प्रहार’
त्यस्तै, एमाले महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको टिप्पणी गरे।
उनले सत्तामा रहनेहरूको प्रहारको निशाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरूको निशानामा र प्रतिगामीहरूको निशानामा नेकपा एमाले किन? भन्दै प्रश्न गरे। उनले प्रहार एमालेमाथिको नभई देशभक्त शक्तिमाथिको प्रहार भएको दाबी गरे।
“एमालेमाथिको प्रहार होइन, देशभक्त शक्तिमाथिको प्रहार हो। यो एमाले नेतृत्वमाथिको प्रहार होइन, नेपाली जनताको भविष्यमाथिको प्रहार हो,” उनले भने।
महासचिव पोखरेलले राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले सम्बद्ध युवा विद्यार्थी संगठन जुरमुराएको जिकिर गरे। उनले मंसिर ७ एक किसिमले नेकपा एमालेका वार्मअप मात्रै भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
