ओपनएआईले अल्टम्यानको नेतृत्वमा च्याटजीपीटी च्याटबट सार्वजनिक गरेपछि विश्वभर एआईबारे चर्चा चुलिएको थियो।
एआई च्याटबट च्याटजीपीटी निर्माता ओपनएआईले को–फाउन्डर एवं सीईओ साम अल्टम्यानलाई बर्खास्त गर्दै मिरा मुरातीलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ।
ओपनएआईको अध्यक्ष बोर्डले अल्टम्यानको क्षमतामाथि प्रश्न उठाउँदै उनलाई बर्खास्त गर्दै मुरातीलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो। मुराती यसअघि संस्थाको प्रमुख प्रविधि अधिकृत थिइन्। संस्थाले नयाँ सीईओको खोजी पनि जारी राखेको जनाएको छ।
सन फ्रान्सिस्को अवस्थित ओपनएआई कम्पनी अनुसन्धान ल्याब हो। यसले आर्टिफिसियल इन्टेलिजेन्टको विकास गर्छ, जसको अल्टम्यान, एलन मस्क लगायतले सन् २०१५ मा गैरनाफामूलक संस्थाका रूपमा स्थापना गरेका गरेका थिए। मस्कले पहिले नै ओपनआई छोडिसकेका छन्।
अल्टम्यानले कम्पनी छोडेकोबारे एक्समा पोस्ट लेख्दै ओपनएआईमा राम्रो समय बितेको बताउँदै आफूहरूको कामबाट दुनियाँमा केही परिवर्तन हुन सकेको व्यक्तिगत अनुभव रहेको उल्लेख गरेका छन्। “मलाई प्रतिभाशाली व्यक्तिहरूसँग काम गर्न पाएकोमा धेरै राम्रो लागेको छ। म अब के गर्न जाँदै छु भन्ने बारेमा धेरै कुरा भन्न बाँकी छ,” उनले लेखेका छन्।
ओपनएआईले अल्टम्यानको नेतृत्वमा च्याटजीपीटी च्याटबट सार्वजनिक गरेपछि विश्वभर एआईबारे चर्चा चुलिएको थियो। के कारणले अल्टम्यानलाई बर्खास्त गरियो भन्ने विषय स्पष्ट भइनसकेको र यसबारे उनले प्रतिक्रिया दिन नमानेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। उनले सन फ्रान्सिस्कोको सानो कम्पनीलाई उचाइमा पुर्याउन भूमिका खेल्दै माइक्रोसफ्टजस्ता दिग्गज कम्पनीबाट अर्बौं डलर वित्त जुटाउन सफल भए।
कार्यवाहक सीईओ मुरातीले संस्थामा एक वर्षदेखि चिफ टेक्नोलोजी अफिसरका रूपमा काम गर्दै आएकी थिइन्। ओपनआईका कर्मचारीको भनाइ उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार उनले बनाएको तालिकामा इन्जिनियरहरूले च्याटजीपीटीकाका संस्करणहरूको विकास गरेका थिए। उनले माइक्रोसफ्टलगायत अन्य लगानीकर्ता र साझेदारसँग संस्थाको सम्बन्ध स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। त्यस्तै, उनले वासिंगटन र युरोपमा संस्थाको एआई नीतिलाई आकार दिने काममा पनि मद्दत पुर्याएकी थिइन्।
अल्बानियामा जन्मेकी र क्यानडामा पढेकी मुराती डार्टमाउथ कलेजमा स्नातक विद्यार्थीको रूपमा हाइब्रिड रेसकार निर्माण गर्ने मेकानिकल इन्जिनियर हुन्। उनी सन् २०१८ मा एलन मस्क नेतृत्वको टेस्ला कम्पनीमा काम गरेपछि ओपनएआईमा प्रवेश गरेकी हुन्। उनले टेस्लामा रहँदा मोडेल एक्स कारको विकासमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। उनले त्यहाँ लिप मोसन भनिने हात र औँलाको गति ट्र्याक गर्न सक्ने कम्प्युटिंग प्रणाली विकास गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
