छठपूजाका लागि वीरगन्जस्थित घडिअर्वा पोखरीबीचमा रहेको मन्दिरलाई फूलमालाले चिटिक्क पारेर सिँगारिएको छ भने झिलीमिली बत्तीले उज्यालो बनाइएको छ।
पर्सा– श्रद्धा र निष्ठापूर्वक गरिने छठपूजाका लागि वीरगन्जस्थित प्रसिद्ध घडिअर्वा पोखरी चिटिक्क पारेर सिँगारिएको छ। घडिअर्वा पोखरीमा छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको छठपूजा व्यवस्थापन समितिले जनाएको छ।

सरसफाइ गरी टेन्टपण्डाल, झिलिमिली बिजुली बत्ति र फूलमालाले घडिडर्वा पोखरीबीचमा रहेको मन्दिरलाई चिटिक्क पारेर सिँगारिएको छ। त्यस्तै, पोखरी वरपर पनि साजसज्जा गरेर आकर्षक बनाइएको छ।

घडिअर्वामा छठघाटको सजावट र व्यवस्थापनमा गर्न करिब १५ लाख ४१ हजार खर्च भएको समितिका अध्यक्ष दिलीप साह कानुले जानकारी दिए। टेन्टपण्डाल, परिसर बाहिरको बत्ती सजावट, भिडियोग्राफी, पुरस्कार, सरसफाइलगायत काममा खर्च भएको उनको भनाइ छ।

छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी, घडिअर्वा स्पोर्ट क्लब स्वयंसेवक परिचालन र छठघाट परिसरमा २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको जनाइएको छ।

तराई/मधेशमा महत्त्वसाथ मनाइने छठपर्व शुक्रबारदेखि शुरू भएको हो। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ।

दोस्रो दिन सक्खर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाइ व्रतालुले प्रसाद स्वरूप ग्रहण गर्ने गर्छन्। यस दिन नुन नखाई एक छाक फलाहार गरिन्छ। छठपर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ। त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
