तराई क्षेत्रमा मनाइने छठ मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। पञ्चमीका दिनदेखि व्रत बस्नेले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसाद ग्रहण गर्ने चलन छ।
काठमाडौँ– छठ पर्वको मुख्य दिन आइतबार सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ। तराई–मधेशका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा छठ पर्वको विशेष रौनक छ। छठको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।
व्रतालुहरू यस दिन पानीसमेत नखाईकन निराहार बस्दछन्। साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्छन्। छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँछन्।
प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्छन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन्। जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्छ। घाटलाई पनि बेहुली झैँ सिँगारिएको हुन्छ।
छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी परिवारको कल्याणको कामना गर्ने गरिन्छ। छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ। केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन्। कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन्।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ चार दिनसम्म मनाइन्छ। पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रूपमा ग्रहण गर्ने चलन छ।
श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ।
काठमाडौँको गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, बागमती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाउन थालिएको छ। यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ।
सूर्य पुराणअनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनसूया छठ व्रत बसेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि छठपर्व मनाउने परम्पराको शुरूआत भएको धार्मिक विश्वास छ। छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यस पर्वमा व्रत नबस्नेले भने व्रत गर्नेबाट कामना पूरा गराउने चलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
