जमिन भासिएर ठूलो मात्रामा ढुंगा र माटो निरन्तर खसेको तथा ‘ड्रिलिङ मेसिन’ बिग्रिएका कारण उद्धारको काम सुस्त भएको छ।
भारतको उत्तराखण्डमा सडक सुरुङमा फसेका ४१ जनाको उद्धार कार्य रोकिएको छ। जमिन भासिएर ढुंगा र माटो झर्ने क्रम नरोकिएपछि शनिबार उद्धार प्रयास रोकिएको हो।
उक्त स्थानमा आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाउने काम भइरहेको थियो। एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुंगा र माटो निरन्तर खसेको र ‘ड्रिलिङ मेसिन’ बिग्रिएका कारण उद्धारको काम सुस्त भएको हो।
सरकारको राजमार्ग तथा पूर्वाधार कम्पनी एनएचआईडीसीएलले शुक्रबार राति आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार कार्य रोकिएको जनाएको छ।
यद्यपी, उद्धारकर्ताले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिसँग कुराकानी गरिरहेका छन्। भारतीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गरी सम्प्रेषित समाचारमा पाइपमार्फत खाना, पानी, अक्सिजन र औषधि पठाइए पनि भित्र फसेकाहरू निराश भएको उल्लेख गरिएको छ।
“हामी उनीहरूको स्वास्थ्यको बारेमा सोधपुछ गरिरहेका छौँ,” उद्धार टोलीका एक सदस्य मोहम्मद रिजवानले भने, “तर तिनीहरू सबैको एउटै मात्र प्रश्न छः हामीलाई कहिले बाहिर ल्याउनुहुन्छ?”
यसैबीच, शनिबार वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको संख्या ४१ रहेको पुष्टि गरेका छन्। यो संख्या निर्माण कम्पनीले रिपोर्ट गरेभन्दा एक जना बढी हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
