प्रहरीले १७ संदिग्धलाई नियन्त्रणमा लिनुका साथै ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएको छ।
टर्की प्रहरीले इस्तानबुलबाट १७ आईएस संदिग्धलाई पक्राउ गरेको छ।
टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको ‘अपरेसन’मा इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बद्ध १७ संदिग्धलाई पक्राउ गरिएको इहलास समाचार एजेन्सीले जनाएको छ।
प्रहरीले आईएस चरमपन्थीसँग सम्बन्ध रहेर तालिम प्रदान गरेको आशंकामा विदेशीलाई लक्षित गरी नौ जिल्लामा छापा मारेको थियो।
प्रहरीले १७ संदिग्धलाई नियन्त्रणमा लिनुका साथै ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएको छ। टर्कीले सन् २०१३ मा आईएसलाई आतंककारी समूहमा सूचीकृत गरेको थियो।
चरमपन्थी समूहले धेरैपटक आक्रमण गरेको छ। जवाफमा टर्की अधिकारीहरूले आतंकवादविरोधी अभियान जारी राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
