छठको दिन सुन कतिमा हुँदैछ कारोबार?

आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौँ– छठ पर्वको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँ हरेको छ। 

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्यमा पनि आइतबार घटबढ भएको छैन। 

चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।