जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मंसिर १ सम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको छ।

काठमाडौँ– कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको सहयोगका लागि १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग सैकलन भएको छ। 

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मंसिर १ सम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो।

 तर, सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। 

भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो। दुई जिल्लामा १५४ जनाको मृत्यु भएको थियो।