सडक खनेर डाँडाडाँडामा पुर्याउनुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात)का रूपमा प्रयोग गर्न सल्लाह दिएका छन्।
लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेपालमा केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई ट्रान्पोटेसनको हिसाबले बढाउनुपर्ने जरुरी रहेको बताए।
उनले सडक खनेर डाँडामा पुर्याउनुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने आवश्यकता औँल्याए। उनले केबुलकारले नेपालको अर्थतन्त्र चलायमान बनाउन, पर्यटन प्रवर्द्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको बताउँदै नेपालको भौगोलिक अवस्थाअनुसार केबुलकारको संख्या अझै बढ्नुपर्ने बताए।
“केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई ट्रान्पोटेसनको हिसाबले पनि नेपालमा केबुलकारको महत्त्वपूर्ण भूमिका हुनेछ। नेपालमा बाटो बनाएर डाँडामा पुग्नुभन्दा पनि ठूला ठूला ट्रान्सपोटेसन केबुलकारबाट गर्दा राम्रो हुन्छ। यसले विद्युत् खपतका साथै इकोनोमीमा राम्रो गर्छ,” उनले भने।
त्यस्तै, लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डीएन कायस्थले दशैँतिहार बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए। उनले आफूहरूले अपेक्षा गरे अनुसारकै पर्यटकहरू आएकोमा खुशी व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
