वीरगन्जको घडिअर्वामा छठको रौनक (तस्वीरहरू)

सूर्यको उपासना, आराधना गरी छठपर्व मनाइँदै छ। वीरगन्जस्थित घडिअर्वा पोखरीमा पनि छठपूजाका लागि व्रतालुहरूको भीड लागेको छ।

तस्वीरहरू : मनिस पौडेल

पर्सा– सूर्यको उपासना, आराधना र पूजा गरी देशभर आइतबार छठपर्व मनाइँदै छ। तराई/मधेशमा विशेष आस्थाका साथ मनाइने छठपूजाका लागि व्रतालुहरूको छठघाटमा ठूलो भीड लागेको छ।

मंगलबार तराई/मधेशसँगै काठमाडौँलगायतका क्षेत्रमा पनि छठपूजा गरिँदै छ। वीरगन्जस्थित प्रसिद्ध घडिअर्वा पोखरीमा पनि छठपूजाका लागि व्रतालुहरूको ठूलो भीड लागेको छ। छठपूजाका बेला यहाँ बर्सेनि भीड लाग्ने गर्दछ। घडिअर्वा पोखरीमा छठघाटलाई साजसज्जा गरेर विशेष रूपले चिटिक्क पारिएको छ।

श्रद्धापूर्वक मनाइने छठपर्वका लागि ढाकी, नांलो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मुला, नरिवल, पान, सुपारीसहितका सामग्री प्रयोग गरिन्छ। त्यस्तै, माटोका हात्ती, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्री आवश्यक पर्छ।

छठको दिन व्रतालुले सूर्यलाई चढाउन बनाएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यदेवलाई चढाउँछन्। भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा सम्पन्न हुन्छ। छठपूजाले मनोकांक्षा पूरा हुने व्रतालुहरू बताउँछन्।