अन्टार्कटिकामा यति ठूलो जहाजको अवतरण अहिलेसम्मकै पहिलो भएको दाबी गरिएको छ।
हिउँमा जहाज अवतरण भएको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। किनकी नेपालमा त हिमाली जिल्लातिर विमानस्थलमा हिउँ थुप्रिँदा जहाज अवतरण हुन नसकेका समाचार आइरहन्छन्।
खासमा यसमा अचम्म मान्नुपर्ने केही छैन। हिउँमा पनि जहाज अवतरण हुने गर्छन्। हिउँले ढाकिएको अन्टार्कटिकामा त्यहाँ सञ्चालित अनुसन्धान केन्द्रका लागि जहाज आउने जाने भइरहन्छन्। तर अहिलेसम्म ससाना जहाज मात्र अवतरण हुने गर्थे भने गएको बिहीबार अन्टार्कटिकामा अहिलेसम्मकै ठूलो जहाज अवरतरण हुन सफल भएको छ।
अन्टार्कटिकामा ३०० यात्रु क्षमता भएको ‘बोइङ ७८७ ड्रिमलाइनर’ जहाज अवतरण भएको हो। नोर्स एटलान्टिक एअरवेजको उक्त जहाज गत बिहीबार राति ट्रोल एअरफिल्डमा सुरक्षित अवतरण भएको स्काइन्युजले लेखेको छ। पाइलटले सामान्य भन्दा फरक परिस्थितिमा उक्त जहाज अवतरण गर्न सफल भएका हुन्। अन्टार्कटिकामा यति ठूलो जहाजको अवतरण अहिलेसम्मकै पहिलो भएको दाबी गरिएको छ।
अन्टार्कटिकास्थित नर्वेले अनुसन्धानमा प्रयोग गरेको भूमि क्वीन मड ल्यान्डमा रहेको बरफ र हिउँबाट निर्मित ट्रोल एअरफिल्डमा विमान अवतरण भएको हो। ट्रोल एअरफिल्ड तीन हजार मिटर लामो ६० मिटर चौडा ब्लु आइसको तह हो। यो क्षेत्र अक्टोबरदेखि मार्चसम्मा मात्र सञ्चालनमा आउने गर्छ। हिउँ मात्र हुँदा जहाज ल्यान्डिङ हुन गाह्रो हुन्छ, तर ब्लु आइस दह्रो सतह हुने भएकाले त्यसमा जहाज अवतरण हुन्छ।
नर्वेजियन पोलार इन्स्टिच्युटका अनुसन्धाता र वैज्ञानिकसहित ४५ जना बोकेर जहाज त्यहाँ पुगेको हो। साथमा १२ टन अनुसन्धान सामग्री पनि ल्याइएका थिए। इन्स्टिच्युटका निर्देशक क्यामिल्ला ब्रेक्केले यसलाई महत्त्वपूर्ण अपरेशन भएको र क्वीन मड ल्यान्डको हवाई यातायातका लागि कोशेढुंगा साबित भएको बताएका छन्। यस्तै नोर्स एटलान्टिक एअरवेजका कार्यकारी अधिकृत जोर्न टोर लसेनले यसलाई ठूलो प्राप्ति भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
