धनुषाबाट इलामको कन्याम शैक्षिक भ्रमणका लागि गएको बस आइतबार बेलुका दुर्घटनामा परेको छ।
काठमाडौँ– इलाममा विद्यार्थी सवार बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। उद्धार गरी घाइते सबैलाई झापाका अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार धनुषाको जनकपुरबाट इलामको कन्याम शैक्षिक भ्रमणका लागि गएको ना. ६ ख ८४२४ नम्बरको बस आइतबार बेलुका दुर्घटनामा परेको हो।
बस रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ। बस सडकबाट करिब तीन सय मिटर तल खसेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक वासुदेव खतिवडाले बसमा सवार ३६ जनाको उद्धार गरी उपचारका लागि झापाको बिर्तामोडका अस्पतालमा पठाइएको बताए। उनका अनुसार उद्धारको काम भइरहेको र थप विवरण आउने क्रममा रहेको छ।
“दुर्घटनामा घाइते भएका ३६ जनाको उद्धार गरी झापाका अस्पतालमा पठाइएको छ। घाइतेमध्ये कोही गम्भीर त कोही सामान्य हुनुहुन्छ। थप विवरण आउने क्रममा छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
