आइतबार साँझमा इलाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको र ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।
इलाम– इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाका अनुसार धानुषाधाम नगरपालिका–९ धारापानीका २० वर्षीया गणेशकुमारी मोक्तानको अनुहारमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा परी घाइते सोही ठाउँ बस्ने ११ वर्षीया समीक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरिका लामा र ९ वर्षीया रिजा लामाको अवस्था पनि सामान्य रहेको प्रहरीको भनाइ छ।
घाइते हुने अन्यमा ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिसा मोक्तान, ११ वर्षीया रितु लामा, ४० वर्षीया सुनमाया लामा, २० वर्षीया कविता घिसिङ, १३ वर्षीया सौगात लामा, १४ वर्षीया वर्षा तामाङ, १५ वर्षीय सिद्धार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चान, १२ वर्षीया बिबिसा मोक्तान, १५ वर्षीया रोजिना तामाङ र २८ वर्षीया कल्पनाकुमारी लामा छन्। त्यसैगरी ३१ वर्षीया शान्ता पाख्रिन, १८ वर्षीया सन्ध्या मोक्तान, ४० वर्षीया तुल्मा लामा, ३५ वर्षीया मनवती लामा, ३० वर्षीया ज्ञानु लामा, १८ वर्षीया प्रतीक्षा लामा, ४५ वर्षीया लालकुमारी छन्।
साथै १५ वर्षीय करण मोक्तान, १६ वर्षीया कुसुम घिसिङ र ६० वर्षीया शान्तामाया तामाङ, ३५ वर्षीय अनिल परियार, ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जीव तामाङ, १८ वर्षीया रेणु घिसिङ र १६ वर्षीया समीक्षा लामा पनि दुर्घटनामा परी घाइते भएका छन्। घाइतेको उद्धार गरी झापाका विभिन्न अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
