विपिन जाेशी गाजामा हमासकाे नियन्त्रणमा रहेकाे पुष्टि

इजरायल डिफेन्स फोर्सका प्रवक्ताले विपिन हमासको नियन्त्रणमा रहेको जानकारी दिएको तेल अविवस्थित नेपाली दूतावसले जनाएको छ।

काठमाडौ– इजरायलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी गाजामा हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ।

इजरायल डिफेन्स फोर्सका प्रवक्ताले विपिन हमासको नियन्त्रणमा रहेको जानकारी दिएको तेल अविवस्थित नेपाली दूतावसले जनाएको छ। तर उनको पछिल्लो अवस्था भने यकिन गर्न नसकिएको र हालसम्म सम्पर्कविहीन नै रहेको दूतावासको भनाइ छ। दूतावासका अनुसार विपिनको खोजीकार्य जारी छ। उनको अवस्था यकिन गरी उद्धारका लागि इजरायल सरकारसँग दूतावासले आग्रह गरिरहेको छ।

हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए। केहीदिन अघि मात्रै विपिनको परिवारले, उनको खोजी र सकुसल उद्धारका लागि पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको थियो।