टिकटक प्रतिबन्ध विरुद्धको रिटमा सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्। 

काठमाडाैँ– सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबारबाट सुनुवाइ प्रारम्भ हुँदैछ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा सुनुवाई हुन लागेको हो। टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्। सरकारको उक्त निर्णय गैर संवैधानिक एवं बदनियतपूर्ण भएको भन्दै बदर गर्नुपर्ने मागसहित निवेदकले सर्वोच्चमा रिट दायर गरेका थिए। मंसिर १ गते सर्वोच्चमा परेका सबै रिटलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसूर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको आदि कारण देखाउँदै अघिल्लो सोमबार बन्द गर्ने निर्णय गरेको थियो।