बझाङमा ४.५ म्याग्निच्युडको परकम्प

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता धेरैपटक परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौँ– बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बझाङको धमेना केन्द्रबिन्दु भएर परकम्प गएको र त्यसपछि पनि परकम्प जाने क्रम जारी रहेको जानकारी दिए। बझाङ आसपासका जिल्लामासमेत परकम्पको धक्का महसुस गरिएको छ।

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ।