टिकटक प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

टिकटक होइन भ्रष्ट्राचार नियन्त्रण गर्नु पर्ने, जाजरकोटमा ध्यान दिनु पर्ने जस्ता प्लाकार्ड लिएर युवाहरूले प्रदर्शन गरेका छन्।

काठमाडाैँ– सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा युवाहरूले काठमाडाैँको माइतीघर मण्डलमा सोमबार  प्रदर्शनी गरेका छन्। उनीहरूले टिकटक होइन भ्रष्ट्राचार नियन्त्रण गर्नु पर्ने, जाजरकोटमा ध्यान दिनु पर्ने जस्ता प्लाकार्ड लिएर प्रदर्शन गरेका थिए।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसूर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको आदि कारण देखाउँदै अघिल्लो सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

त्यसपछि टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्। सरकारको उक्त निर्णय गैर संवैधानिक एवं बदनियतपूर्ण भएको भन्दै बदर गर्नुपर्ने मागसहित निवेदकले सर्वोच्चमा रिट दायर गरेका थिए। मंसिर १ गते सर्वोच्चमा परेका सबै रिटलाई एकसाथ राखी सुनुवाइ गर्न सोमबारका लागि तोकिएको पेसीको सुनुवाइ भएको छैन।