अहिले नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन हुनेगरी चिकित्सा शिक्षा क्षेत्रमा काल्पनिक सूचना फैलाइएको आरोपसमेत उनले लगाए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा अध्ययन अध्यापनलाई सबै प्रदेशहरूमा विस्तार गरी सरल रूपमा स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक रहेको बताएका छन्। यसका लागि आवश्यक पर्ने कानूनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजान सबै मिलेर काम गर्नुपर्ने उनले बताए।
सोमबार बालुवाटारमा चिकित्सा शिक्षा आयोगको १२औँ बैठकमा उनले देशमा उत्पादन भएका जनशक्तिका लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने धारणा राखे। त्यस्तै, आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आकलनका आधारमा चिकित्सा शिक्षा अध्ययनको अवसर वृद्धि गर्दै लैजानु जरुरी भएको प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा अध्ययन र अध्यापनको व्यवस्था सातै प्रदेशमा मिलाउन आवश्यक नीतिगत, कानूनी र संस्थागत सुधार गर्न सबैको साथ आवश्यक भएको उल्लेख गरे।
"सबै प्रदेशहरूमा चिकित्सा शिक्षा विस्तार गरी आवश्यक सबै प्रकारको जनशक्ति विकास गरी जनताको घरदैलोमा सरल र सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन कानूनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजान हामी सबै मिलेर काम गर्नु आवश्यक छ।"
उनले जनशक्ति उत्पादन वृद्धिसँगै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालना गराउनु अनिवार्य रहेको पनि उल्लेख गरे। अहिले सम्बन्धित सेवा लिने र दिने, नियामक निकायहरू र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन हुनेगरी चिकित्सा शिक्षा क्षेत्रमा काल्पनिक सूचना फैलाइएको आरोप उनले लगाए।
"हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारित भन्दा अपुष्ट रूपमा बजारमा ल्याइने काल्पनिक सूचनाका कारण सेवा प्रदायक संस्थाहरू, अभिभावक तथा विद्यार्थीहरू, नियामक निकायहरू र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन भइरहेकोमा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार क्रमशः जनशक्ति उत्पादनको आधार तय गर्नु पर्ने हुन्छ," प्रधानमन्त्रीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
