इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनाका ३३ जना घाइतेको हाल बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
झापा– इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।
बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लामाको आइतबार र तामाङको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए। दुर्घटनामा आइतबार साँझ १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको उनले बताए।
धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा मेची राजमार्गमा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए। जसमध्ये तीनको मृत्यु भइसकेको छ भने ३३ जनाको हाल बीएन्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ। उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ। बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका –२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
