कांग्रेसले रूकुमपश्चिम र जाजरकोटका भूकम्पपीडितलाई अस्थायी आवास बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसले भूकम्पपीडितका लागि १ हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित स्वयंसेवकको टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने भएको छ।
सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले रूकुमपश्चिम र जाजरकोटका भूकम्पपीडितलाई अस्थायी आवास बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पार्टीका तर्फबाट १० जनाका दरले २५ वटा टोलीमा २५० जना स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा खटाउन लागिएको हो। “जाजरकोट र रूकुमपश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय भएको छ। एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाउने निर्णय भएको छ,” उनले भने।
चिसोका कारण भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो। प्रभावित क्षेत्रमा टहरा बनाउन पठाउने भनिएको प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापकसहित १० जना रहने विश्वकर्माले जानकारी दिए।
उक्त टोलीले सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई प्राथमिकतामा राखेर टहरा निर्माण कार्य अगाडि बढाउने विश्वकर्माको भनाइ छ। कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोट र रूकुमपश्चिममा ठूलो जनधनको क्षति पुगेको थियो। भूकम्पबाट घरबार भत्किएर आवासविहीन भएकाहरू बढ्दो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य छन्। यसबीचमा चिसोका कारण अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
